कालिमन्युज, 30 सेप्टेम्बर 2019 , कालेबुङ: 27औ राष्ट्रिय बाल विज्ञान कांग्रेसमा जलढका उच्चतर माध्यमिक विद्यालयको बार्हौं श्रेणीका छात्रा एड्रिना राई, को 27औ राष्ट्रिय स्तरीय प्रतिस्पर्धाको निम्ति छनौट भएकी छिन्। तिनलाई यस राष्ट्रिय स्तरको प्रतिस्पर्धामा राज्यबाट चयन गरिएकोछ। राष्ट्रिय बाल विज्ञान कांग्रेसको कालेबुङ जिल्लाका जिल्ला समन्वयक ए के राईले जनाए अनुसार भारत सरकारको विज्ञान अनि तकनिकी विभागद्वारा आयोजित राष्ट्रिय स्तरिय प्रतिस्पर्धा आगामी दिसम्बर महिनाको अन्तिम साता गुजरात मा हुनेछ जसमा एड्रिनाले पनि आफ्नो प्रोजेक्ट प्रस्तुत गर्नेछिन। यस अघि जिल्ला स्तरिय राष्ट्रिय बाल विज्ञान कांग्रेसमा आयोजित कांग्रेसमा अन्य 18 वटा विद्यालयका बाल वैज्ञानिकहरुले प्रस्तुत गरेका प्रोजेक्टहरु मध्ये एड्रिना राईले प्रस्तुत गरेको प्रोजेक्टले दोस्रो स्थान प्राप्त गरेको थियो। जिल्लामा प्रथम चोटि आयोजित गरिएको भएता पनि अन्य विद्यालयहरुका बाल वैज्ञानिकहरुले आ आफ्ना गाइड शिक्षकहरुको सहायतामा खुबै मेहनतसाथ प्रोजेक्ट तैयार गरेर प्रस्तुत गरेका थिए।
त्यसपछि गत् २१ सेप्टेम्बरको दिन बर्धवान जिल्लाको दुर्गापूर स्थित डी० ए० भी० मोडल विद्यालयमा आयोजित राज्य स्तरिय कांग्रेसमा कालेबुङ जिल्लाबाट भाग लिन प्रथम पाच विद्यालय चुनिएका थिए। राज्य स्तरिय कांग्रेसमा वृन्दावन विद्यालयका प्रजल छेत्री, जलढक्का उ मा वि का एड्रीना राई, कुमुदिनी होम्सका ला छिरिङ लेप्चा, लिङ्से उ विद्यालय का रिप्का लेप्चा अनि गित्डाब्लिङ उ मा विद्यालय का अनन्य राईले कालेबुङ जिल्लालाई प्रथम चोटि प्रतिनिधित्व गर्दै आआफ्नो प्रोजेक्ट प्रस्तुत गरेका थिए। एड्रिना राईको प्रोजेक्ट "नेपाली समुदायमा प्रचलित पुत्काको औषधिय गूण अनि यसको सामाजिक, अर्थनैतिक, सांस्कृतिक एवं पारिस्थितिक महत्व" राज्यमा 23 वटा जिल्लाबाट आएका 254 बाल वैज्ञानिकहरुले प्रस्तुत गरेका प्रोजेक्टहरुमध्ये एक रहेको थियो।
![]() |
| Adrina Rai (in the middle) with (From left Prajal Chhetri, Anannia Rai, Ripka Lepcha and La Tshering Lepcha |
अब राष्ट्रिय कांग्रेसमा भाग लिन अघि तैयारी गर्न एक ओरेन्टियेसन वर्कसपमा भाग लिन एड्रिना राई अनि गाइड शिक्षक विकास थापा कोलकोता जाने भएको राईले अझै थप जनाए।


No comments:
Post a Comment